मिलन दोङ तामाङ 

क्वालालम्पुर-मलेसियास्थित नेपाली दूतावास, क्वालालम्पुरले १९औँ गणतन्त्र दिवसको अवसरमा राजदूत निवासमा राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।

Oplus_16908288

कार्यक्रममा दूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यले गणतन्त्र दिवसको महत्वबारे प्रकाश पार्दै नेपालको संविधानको भावना र मर्मलाई आत्मसात गर्दै जिम्मेवारीपूर्वक कार्य गर्न दूतावासका कर्मचारीहरूलाई आग्रह गर्नुभएको थियो।

उहाँले लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता तथा संविधानप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै सेवाग्राहीमैत्री काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको बताइएको छ।

Oplus_16908288

दूतावासले विदेशमा रहेका नेपाली समुदायबीच राष्ट्रिय एकता, लोकतन्त्र र गणतन्त्रप्रतिको सम्मानलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।