भक्तपुर । तामाङ खान्दोके नयाँ गीत ‘ऊफ्रेउ झिल्के ऊफ्रेउ’ को म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ।
सम्झना लामाको प्रस्तुतिमा निर्माण गरिएको उक्त म्युजिक भिडियोमा तामाङ मौलिक कला, संस्कृति, प्रेमभाव र मनोरञ्जनलाई समेट्ने प्रयास गरिएको छ। गीतमा पृथ्वी बोम्जनको शब्द, प्रेम योञ्जनको संगीत तथा स्वर रहेको छ भने गायिका जितु लोप्चनले पनि स्वरमा साथ दिएकी छन्।
प्रेम योञ्जनको निर्देशनमा तयार भएको भिडियोमा कुइसाङ रुम्बा, प्रेम योञ्जन, आशिष लामा, सञ्जिव गोले तामाङ, सिर्जना घिसिङ र रश्मिता तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ। भिडियोमा आशिष लामाले कोरियोग्राफी गरेका छन्।
त्यसैगरी, भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन, कलर तथा पोस्टर डिजाइन अनिल बिष्ट प्युठानीले गरेका छन्। गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ सानुबाबु घिसिङले गरेका छन्। गीतको रेकर्डिङ फ्याफुल्ला नेपाल स्टुडियोमा गरिएको हो।
तामाङ गीतसंगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका सर्जक तथा कलाकारहरूको सहकार्यमा तयार भएको ‘ऊफ्रेउ झिल्के ऊफ्रेउ’ ले दर्शक तथा श्रोतामाझ मनोरञ्जनसँगै मौलिक सांगीतिक स्वाद पस्किने अपेक्षा गरिएको छ।
नयाँ शैली, आकर्षक दृश्य र कलाकारहरूको अभिनय समेटिएको उक्त म्युजिक भिडियोले तामाङ गीतसंगीतप्रेमी दर्शक तथा श्रोताको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ।
‘ऊफ्रेउ झिल्के ऊफ्रेउ’ को म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिन निर्माण पक्षले दर्शक तथा श्रोतामाझ आग्रह गरेको छ।
यो म्युजिक भिडियो गायक तथा संगीतकार प्रेम योञ्जनको अफिसियल च्यानलाबाट सार्वजनिक भएको छ।




















