काठमाडौं/तामाङ समुदाय र ह्योल्मो समुदायले मनाउदै आएको राष्ट्रिय साँस्कृतिक पर्व तथा २८५४ औं नागी ल्होछारको अवसरमा काठमाडौं स्थित तीनकुने चोकमा साँस्कृतिक महोत्सव भइरहेको छ । यो महोत्सवको आयोजना नेपाल तामाङ घेदुङ र विभिन्न सामाजिक संघ÷सँस्थाहरुले गरेका हुन् ।
विहानै देखि आफ्नो राष्ट्रिय पोशक लगाएर तामाङ समुदायका युवा युवती बृद्ध–बृद्धाहरु तीनकुनेमा पुगेका छन् । महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।