७ फागुन,
काठमाडौं । राष्ट्रिपनि विद्यादेवी भण्डारीले संघीय संसद अभिबेशन आव्हान गरेकी छिन् । राष्ट्रपति कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै आगामी फाल्गण २१ गते संसद अघिवेशन आव्हान गरिएको हो । सरकारको सिफारीसमा अभिबेशन आव्हान गरिएको हो ।
नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन गर्ने कार्यतालिका छ । त्यसैले त्यसको चार दिनअघि नै संसद अधिवेशन आह्वान भएको हो । संघीय संसदको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने छ । प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त रुपमा संघीय संसद भन्ने गरिन्छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आहृवान गर्ने संवैधानिक व्यवस्था छ ।