काठमाडौं-इन्काउन्टरमा मारिएका मनोज पुनमाथि १२ गोली लागेको पाइएको छ । पुन र उनका सहयोगी सोम बहादुर आले घटनास्थमै मारिएका छन् ।
प्रहरीका अनुसार मनोज पुनलाई १२ गोली लागेको छ । अगाडीको भागमा ८ वटा गोली लागेका छन् । बायाँ तिघ्रामा २ वटा र पछाडि ढाडमा १ वटा गोली लागेको छ ।
उता दायाँ हातको पाखुरामा १ गोली लागेको प्रहरी मुचुल्कामा छ । त्यसै गरी सोम बहादुर आलेलाई १० गोली लागेको छ ।उनको छातिमा ५ वटा, दायाँ खुट्टाको साप्रामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी १० गोली लागेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















