१० फागुन, काठमाडौं । एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो ।

 

एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय राखेको छ । माओवादीले गृह र उर्जासहित ७ मन्त्रालय पाएको छ ।

माओवादीले गृह र उर्जासहित ७ मन्त्रालय पाएको छ । माओवादीले भौतिक पूर्वाधार र पर्यटन मागेको थियो । तर, दुबै मन्त्रालय एमाले आफैंले राखेको छ । प्रधानमन्त्री ओलीले गृह र परराष्ट्रमन्त्रीमा व्यक्ति पनि हेर्नु पर्ने बताएको एमाले एक नेताले बताए ।

मन्त्रालय भागवण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् । एमालेले भोलि विहान ९ बजे स्थायी कमिटीको बैठक बालुवाटारमा बोलाएको छ । माओवादी नेताहरुको भने प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् । दुई दलबीच प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्ने सहमति बुधबार नै जुटेको थियो ।

एमालेको भागमा परेका मन्त्रालयहरु
अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्ययन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या

माओवादीको भागमा परेका मन्त्रालयहरु 
गृह
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।