डिलबहादुर थाेकर
१२ फागुन २०७४
सिन्धुली/घ्याङलेक–५, बगरटोल, जोकोहीले पनि एउटा टहरो देख्न सकिन्छ । अनि उक्त टहरोमा ३ वर्षदेखि ७ वर्ष उमेरका बालबालिकाहरु क ख सिक्दैछन् । अनि यो १७ औं शताब्दीको विद्यालय होइनन्, यो एक्काइसौं शताब्दी विद्यालय हो । सामान्यतः विद्यालय भन्ने वित्तिकै भवन, डेस्क बेन्च, पाठ्यपुस्तक हुन्छ । अनि शिक्षक हुन्छ । तर यो विद्यालयमा यो सब छैनन् । न सरकारलाई खबर छ, न त सरोकारवालाहरुलाई ।

यतिमात्र होइन, यो गाउँमा दलित समुदायका बालबालिका पढ्छन् । आदिवासी जनजाति तामाङ समुदायका बालबालिका पढ्छन् । त्यसोत यो बाटोबाट भिन्न जिल्लाको भएपनि काभ्रे जिल्लाका जनप्रतिनिधि देखि प्रशासनीक निकायका अधिकारीहरु हिंड्छन् तर अन्तर जिल्ला भएकै कारण आँखा चिम्लेर हिंड्छन् उनीहरु ।

बालअधिकार जन्मसिद्ध अधिकार, पढ्न पाउने मौलिक अधिकार हो भन्ने कुरा संविधानले निर्दिष्ट गरेको कुरा हो । तर यी बालबालिकाहरुले कहिल्य पाउँला त प्रत्याभूति गर्न ? सबैको प्रश्न सरकार र सरकारी अधिकारीसँग तेर्सिएको छ । अब त केही त होला नी ??????????






















