१३ फाल्गुण काठमाडौं/संसदीय दलको नेता चयन गर्न सर्वसम्मत नभएपछि नेपाली काँग्रेसले चुनाबबाट नै चयन गर्ने भएको छ । संसदीय दलको नेता चयनका लागि नेपाली काँग्रेसले फागुन २१ गते चुनावको मिति तोकिएको छ ।

काँग्रेस केन्द्रिय कार्य समितिको आईतबार बसेको बैठकले फागुन २१ गते पार्टी संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकले पार्टी संसदीय दलको विधान अनुमोदन गर्दै दलका नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति समेत बनाएको छ ।

यही २१ गते दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय लिइएको पार्टीका केन्द्रिय सदस्य बद्रीप्रसाद पाण्डेले जानकारी दिए । चीनकाजी श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिका सदस्यहरुमा नविन्द्रराज जोशी र भिष्मराज आङदेम्बे रहेका छन ।

”संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा स्वभाविक उम्मेदवार रहेका छन् भने पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि उम्मेदारी दिने घोषणा गरेका छन् ।”

संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा स्वभाविक उम्मेदवार रहेका छन् भने पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि उम्मेदारी दिने घोषणा गरेका छन् ।

पार्टी भित्र महामन्त्री डा। शशांक कोइरालालाई सर्वसम्मत दलका नेता बनाउनुपर्ने प्रस्ताव पनि अघि सारिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले निर्वाचनमा हार व्यहोरेकाले पनि सभापति देउवाले दलको नेतामा दावी गर्न नमिल्ने तर्क गर्दै आएका छन् ।

बैठकमा पार्टी नेतृत्वको सरकारले सिफारिस गरेको राष्ट्रिय सभा सदस्य मनोनित नगरेको भन्दै काँग्रेस नेताहरुले राष्ट्रपति विद्या भण्डारीको चर्र्को आलोचना गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।