काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई गिरफ्तार गर्ने तयारी भएको छ । कपिलबस्तु जिल्ला प्रहरीले प्रक्राउ पुर्जी जारी गरेको हो ।
विप्लवको घरमा पुर्जी टाँस भएको छ । जिल्ला प्रहरी कार्यलय कपिलबस्तुको प्रहरी निरीक्षक केशवराज ज्ञवालीले पक्राउ पुर्जी टाँस भएको पुष्टी गरे । उनका अनुसार भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।