काभ्रे/माओवादी केन्द्रको भातृसंगठन अखिल (क्रान्तिकारी) काभ्रेको १९ औं सम्मेलनले युवराजलामाका अध्यक्षतामा ३९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । शनिबार सम्पन्न उक्त सम्मेलनले सर्वसम्मतिले नेतृत्व चयन गरेको हो ।
यसगरि सम्मेलनले उपाध्यक्षमा विजय लामा र निरेश लामा, सचिवमा विनोद चौंलागाईं, सह–सचिवहरुमा अमृत अधिकारी र रचना तिमल्सिना, कोषाध्यक्ष दिर्जा वाईबालाई चयन गरेको छ । नवनिर्वाचित सदस्यहरुमा विकास लामा, बसन्त तामाङ, विज कुमार तामाङ, दिपक विश्वकर्मा, सुन्दर सुनाम, विश्वनाथ अधिकारी, बुद्ध लामा, गोविन्द तिमल्सिना, विमल तामाङ, सन्दिप ढकाल, सिर्जना दोङ, नविना काफ्ले, अनिता ढुंगेल, इश्वरी चौंलागाई, मुना पौडेल, सुजा श्रेष्ठ, सुस्मिता ढुंगना, सुनिता श्रेष्ठ, अनिशा श्रेष्ठ, पवन घिमिरे, पृथ्वीराज तामाङ, विना भुजेल, मिलन पाख्रिन, मिसन स्याङतान, स्मृति रेग्मी, तेजबहादुर मिजार रहेका छन् ।
अध्यक्षको लागि गोकुल डोटेल, विजय लामा र युवराज लामाले दावी गरेको थिए । छलफलपछि डोटेल र लामाले युवराजलाई समर्थन गरेका थिए ।























