अञ्जली तामाङ
२४ फागुन काभ्रे/शिक्षकहरुको साझा संस्था नेपाल शिक्षक महासंघ काभ्रेका विहिबार सम्पन्न जिल्ला अधिबेशनले नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष आश्विनकुमार चौंलागाईंलाई अध्यक्ष पदमा चयन गरेको छ । विभिन्न राजनीतिक दलसँग सम्बद्ध शिक्षक संगठनहरु सम्मिलित उक्त अधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले सह–अध्यक्षमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका नेता मोहन कुमार भुजेल चयन भएको छ । उपाध्यक्षहरुमा साधुराम दाहाल र कल्पना विक, सचिवमा बासु थापा, सह–सचिवहरुमा प्रताप ताम्राकार, निर्मला खड्का, रमेश खुलाल, कुमार कार्की, इन्द्रलाल श्रेष्ठ र अर्थ सचिवमा सञ्जिव कुमार खरेल रहेका छन् । सदस्यहरुमा देवप्रसाद कोइराला, भिमसेन सापकोटा, महोश कोइराला, सत्यवति भट्टराई, पार्वती श्रेष्ठ, गाविन्द शर्मा, नरेश लामा, रमेश अधिकारी, दयाराम पौड्याल, हरिदेव सिग्देल, सार्कीमान तामाङ, शिवप्रसाद आचार्य, रोहित फुयाँल, सिव िरजक, सुदर्शन बास्कोटा रहेका छन् ।

त्यसैगरि अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरु समेत चयन गरेको छ । महाधिवेशन प्रतिनिधिहरुमा श्याम प्रसाद पाण्डेय, नानु आर्याल, रामहरि सापकोटा, सरिता मोक्तान, अच्युत प्रसाद पराजुली, लक्ष्मी मोक्तान, भिमसेन गौतम, विनास कुमार गौतम रहेका छन् ।

सर्वसम्मत चयन भएका पदाधिकारीहरु























