काठमाडौं/माओवादी नेता कृष्णबहादुर महरा सभामुखको उम्मेदवार बन्ने भएका छन् । माओवादीले उनलाई सभामुख बनाउने औपचारिक निर्णय गरेको छ ।
माओवादीले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने अनौपचारिक सहमति हिजो नै गरेको थियो । पार्टी अध्यक्ष प्रचण्डनिवास खुमलटारमा बिहीबार बिहान शीर्ष नेताहरूको छलफलले महराको नाममा सहमति गरेको थियो । औपचारिक घोषणा शुक्रबार गरिएको हो । एमालेसँगको भागबन्डामा माओवादीलाई सभामुख परेको थियो ।
आज संसद सचिवालयमा सभामुखको उम्मेदवारी दर्ता छ । कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुँदैछ । सचिवालयले संघीय संसदका महासचिवसमक्ष उम्मेदवारी दिने व्यवस्था मिलाएको छ ।
सचिवालयले आजै दिउँसो १ः३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने मतदान भोलि १ बजे हुनेछ । भोलि सभामुखका लागि चुनाव हुँदैछ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्थे ।
त्यसैगरी संघीय संसदको सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । भोलि हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुँदैछ । सचिवालयले संघीय संसदका महासचिवसमक्ष उम्मेदवारी दिने व्यवस्था मिलाएको जानकारी दिएकाे छ ।
त्यसैगरी, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सभामुख उम्मेदवारबारे अहिलेसम्म कुनै निर्णय लिएको छ । कांग्रेस नेताहरुले यसबारे छलफल भइरहेको जनाएका छन् ।
प्रतिनिधिसभाको कुल २७५ सदस्यमध्ये सभामुख निर्वाचित हुनका लागि कम्तीमा १३८ मत आवश्यक हुन्छ । संसदमा एमाले–माओवादीको बहुमत रहेकाले वाम गठबन्धनकै उम्मेदवार निर्वाचित हुने लगभग निश्चित छ ।






















