२८ फागुन कैलाली/कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको छ । सुख्खड बजारमा रहेको घरमै गएर बेलुकी ८ बजेतिर चौधरीमाथि गोली प्रहार भएको हो ।
चौधरीको कम्मर र खुट्टामा गोली लागेको तथा टाउकोमा खुकुरीको प्रहारबाट गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद शर्मा घिमिरेले जानकारी दिए ।
चौधरीलाई हाल उपचारका लागि घोडाघोडी अस्पतालमा भर्ना गरिएको छ । उनी अचेत रहेको र अवस्था गम्भीर भएकाले कोहलपुर मेडिकल कलेज बाँके रिफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
थप उपचारको लागि कोहलपुर लगिदै
मेयर चौधरीलार्इ थप उपचारका लागि अहिले बाँकेकाे काेहलपुर लगिँदैछ ।
सुख्खड बजारमा रहेको घरमै बसिरहेका वेला अाज बेलुकी सवा ८ बजेतिर मेयर चौधरीमाथि अाक्रमण भएकाे थियाे ।
अाक्रमणकारीले चौधरीको कम्मरमा गाेली प्रहार गरेका छन् भने टाउकाे, हात र खुट्टामा खुकुरी प्रहार गरेका छन् ।
मेयर चाैधरीमाथि गोली र खुकुरी प्रहार भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद शर्मा घिमिरेले बताए ।
अाक्रमणलगत्तै उपचारका लागि घोडाघोडी अस्पतालमा भर्ना गरिएकाे थियाे । तर, अवस्था गम्भीर रहेकाले घाेडाघाेडी अस्पतालले कोहलपुर मेडिकल कलेज बाँकेमा रिफर गरेकाे हाे ।
सुख्खडमै गत बिहीबार एक १८ वर्षीया छात्रालार्इ बाेक्सीकाे अाराेपमा ६ घण्टासम्म कुटपिट गर्ने भाेलेबाबा भनिने रामबहादुर चाैधरीलार्इ प्रहरीबाट छुटाउन मेयर चाैधरीले दबाब दिएकाे खबर सार्वजनिक भएकाे थियाे ।






















