३० फागुन, काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदबाट वर्खास्त भएका छन् । उनलाई न्याय परिषद्ले पदमा नरहेको बताएको थियो । न्यायापरिषद् सचिवालयले पराजुलीले उमेरहदका कारण अवकाश पाए पनि दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी विद्यादेवी भण्डारीलाई पद तथा गोपनियातको शपथ ग्रहण गराएका छन् ।

प्रकृयागतरुपमा पराजुलीले न्याय परिषद्को पत्र नबुझेकाले प्रधानन्यायाधीश पदमा नै रहेको मानी शपथ ग्रहण भएको सितलनिवास स्रातले बतायो । यता, न्यायपरिषद्को पत्रमा पराजुलीले ६५ वर्ष उमेर पुगेकाले गत २१ साउनबाट नै अनिवार्य अवकाश पाइसकेको बताइएको छ ।

अवकाश पाइसकेको व्यक्तिले राष्ट्रपतिलाई खुवाएको शपथ वैद्य कि अवैद्य भन्ने प्रश्न पनि तेर्सिएको छ । यसै सन्दर्भमा अधिवक्ता शतिसराज मैनालीले आजसम्मका लागि पराजुली प्रधानन्यायाधीश रहेकाले शपथ ग्रहण वैद्य रहेको बताए ।

उनले न्यायपरिषद्को पत्रप्रति आपत्ति जनाउँदै भने,‘सशस्त्र द्धन्द्धकालमा पनि न्यायपालिका शसक्त थियो, नागरिकको अधिकारको रक्षार्थ अहम् भूमिका निर्वाह गर्थो ।’ उनले अघि भने,‘अहिले न्यायपालिकालाई कुत्छित मनशायले चौतफी आक्रमण भएको छ । त्यसैको पछिल्लो उदाहरण हो यो न्यायपरिषद्को पत्र ।’ न्यायपरिषद्काे पत्र न्यायापालिकालार्इ कजोर तुल्याउने प्रकारको रहेको उनले बताए ।