३० फागुन काभ्रे । काभ्रे जिल्ला सहकारी संघले आफ्नो स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा चैत महिना भरि स्वर्ण महोत्सव मनाउने भएको छ । बुधबार संघले बनेपामा पत्रकार सम्मेलन गर्दै स्वर्ण महोत्सव कार्यक्रमकोबारेमा अध्यक्ष विनोद पराजुलीले जानकारी गराएका हुन् ।


स्वर्ण महोत्सव कार्यक्रम सम्पन्न गर्नका लागि संघले सम्पन्न गर्नका लागि २ सय ५१ सदस्यीय मूल आयोजक समिति समेत गठन गरेको एक प्रेश वक्तव्य मार्फत पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार चैत्र २७ गते पहिलो दिन झांकी सहितको बृहत ¥याली प्रर्दशनी, काभ्रे सहकारी स्वर्ण महोत्सव पुस्तक बिमोचन, सहकारी भवन शिलान्यास, जिल्ला, केन्द्र तथा राष्ट्रिय तहका सहकारीकर्मी एवम् पत्रकार, सरकारी तथा सहकारीका कर्मचारीहरुलाई विशेष सम्मान गरी भव्यतापूर्वक कार्यक्रमको सुरुवात गरिनेछ ।

कार्यक्रमको दोस्रो दिन चैत २८ गते “दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी”,“स्थातिय तह र सहकारी क्षेत्र”,“सहकारी मार्फत उद्यमशिलताको विकास”,“सहकारीमा युवा सहभागिता”,“सहकारीमा सूचनाको हक”, “सहकारीमा सम्पत्ति शुद्धिकरण” र “सहकारी ऐन २०७४” लगायतका बिषयहरुमा बिषय बिज्ञहरुद्धारा विचार गोष्ठीहरु संचालन गरिने र चैत्र २९ गते स्वर्ण महोत्सव अवधिभरका क्रियाकलापहरुमा उत्कृष्टता हांसील गर्ने सहकारी संस्था⁄संघ एवम् सहकारीकर्मीहरुलाई पुरस्कृत गरी कार्यक्रमको औपचारीक समापन गरिने तयारी गरीएको विज्ञप्तिमा छ ।

मुलुकभर सहकारी प्रती आम नागरीकहरुको आकर्षण र विश्वास संगसंगै जिल्लास्तरमा सहकारी संघ संस्थाहरु दिन प्रतिदिन सघन बन्दै गईरहेको फलस्वरुप जिल्लामा विभिन्न प्रकृतिका गरी कूल १४९५ प्रारम्भिक सहकारी संस्थाहरु मध्ये वचत तथा ऋण, दुग्ध, तरकारी, बहुउद्धेश्यीय, कृषि, उपभोक्ता, तथा कफी, सहकारीहरुका ७ वटा विषयगत सहकारी संघहरु क्र्रियाशिल रहेका छन् ।


‘संघ स्थापनाको ५० औं वर्षको आगामी चैत्र महिनाभर जिल्लाको सहकारी अभियानको तर्फ बाट काभ्रे सहकारी स्वर्ण महोत्सवको रुपमा मनाउने निर्णय गरी २५१ सदस्यीय काभ्रे सहकारी स्वर्ण महोत्सव मूल समारोह समिति गठन गरेका छौं ।’ पराजुलीद्वारा प्रेसित विज्ञप्तिमा भनेको छ– ‘हामीले ३१ सदस्यीय व्यवस्थापन समिति र सम्मान तथा पुरस्कार छनौट समिति, प्रदर्शनी व्यवस्थापन समिति, प्रचार,प्रसार समिति, आर्थिक व्यवस्थापन समिति, गोष्ठी व्यवस्थापन समिति, ¥याली व्यवस्थापन समिति, अतिरिक्त क्र्रियाकलाप संचालन समिति र मूल्यांकन तथा प्रतिवेदन तयारी समिति गठन भई आवश्यक सम्पुर्ण तयारीहरु पुरा गर्ने कार्य प्रारम्भ गरिसकिएको छ ।’

जिल्लाका सबै घरधुरीहरुलाई सहकारीमा समेटने लक्ष्य लिई “सम्बृद्ध काभ्रेको पहिचान, घरघरमा सहकारी अभियान” भन्ने मुल नाराका साथ जिल्ला भरका सहकारी संस्था÷संघहरु, सहकारी प्रति अभिरुची राख्ने जो कोही पनि सहकारीकर्मीहरुको उत्साहपद सहयोग र सहभागिता रहने गरी सहकारी सम्बन्धी विविध गतिबिधिहरुको आयोजना गर्ने विज्ञप्तिमा छ ।

आयोजकले स्वर्ण महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सहकारी संघ/संस्थाहरु र सरोकारवालाहरुलाई सहयोगको अपिल समेत गरेका छन् ।

स्वर्ण महोत्वसको बारेमा जानकारी गराउँदै अध्यक्ष विनोद पराजुली

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।