३० फागुन, काभ्रे, धुलिखेल ।धुलिखेल । काभ्रे महोत्सवमा दर्शकहरु दिनप्रति कम भइरहेको परिस्थितिका माज कलाकार ज्योती मगर आउने भएपछि दर्शक ह्वात्तै बढ्ने आयोजकको अनुमान फ्लप खाएको छ ।

बुधबार महोत्सवस्थलमा दर्शक बढाउन कलाकार ज्योती मगरलाई ल्याएको थियो । तर पनि महोत्सवस्थल भने रित्तो जस्तै देखिएको थियो । कलाकार मगरले महोत्सवमा रहेका केहि वयस्क र युवा दर्शकहरुको ध्यान तान्न ट्वाँट र प्वाँटको हवाला दिए पनि ती युवा दर्शकले हौसिएर उनलाई साथ नदिएनन् । उनको उत्ताउलो प्रस्तुतीमा कुनै जोश दखिएन ।

सामान्य तय यस्ता स्टेज कार्यक्रमलाई ज्योती मगरको प्रस्तुतीले तताउने गर्दथ्यो । दर्शकहरु ज्योती मगरको प्रस्तुतीमा लठ्ठ हुने गर्थे । उनले जति नै भड्किलो र उत्तेजित प्रस्तुती दिन खोजेपनि काभ्रे महोत्सवका लागि नुन, मसला नपुगेको तरकारी जस्तै बन्यो । किन भने कलाकारका लागि दर्शक दोस्रो सम्पत्ति हो । दर्शक नै नभएको कार्यक्रममा जतिसुकै नाम चलेको र उत्तेजित प्रस्तुति दिने कलाकार ल्याएपनि त्यसले खासै अर्थ राख्दैन् ।

महोत्सवमा उत्साजनक सहभागिता नभएपछि व्यापारीहरु पनि निराश बनिरहेका छन् । हिलोमा तलपतिएको सामान उठाउँदै गरेका एक व्यवसायीले भने ‘कुन दशा लागेर धुलिखेल महोत्सवमा स्टल राख्न पाइपुगिए छ ।’ त्यसो त महोत्सवमा स्थानीय र नयाँ उत्पादनका स्टलहरु सुन्य नै छ । जसका कारण महोत्सवमा पुगेकाहरु पनि प्राय रित्तै फर्किरहेको देख्न पाइन्छ ।

फोहोर थुपारिएको स्टलहरु

महोत्सवमा राखिएका स्टलहरु अझै भरिएका छैनन् । खाली रहेका स्टलहरुमा फोहोर थुपारिएको छ । फोहोरको ब्यवस्थापन गर्ने कस्ले ? नगरपालिकाले कि आयोजक धुलिखेल उद्योग वाणिज्यसंघले ? ‘फोहोर फाल्ने निश्चित ठाउँको ब्यवस्था छैन् ।

पर्यटकीय नगरमा भइरहेको महोत्सव यतिबिग्न अस्तब्यस्त हुन्छ होला भन्ने त सोचेको पनि थिइन्’, काठमाण्डौबाट महोत्सव हेर्न आएका सिन्धुपाल्चोक साँचोकका रञ्जु गिरीले भनिन् । धुलिखेल नगरभित्र भएको महोत्सवमा आसपासका नगर तथा गाउँपालिकाबाट उलेख्य दर्शकले सहभागीता जनाएका छैनन् । नजिकै रहेको बनेपा र पनौती नगरपालिकाका बासिन्दाले समेत काभ्रे महोत्सवलाई महत्व दिएका छैनन् ।

 

Comments

comments