१ चैत्र, काठमाडौं । परिवार नियोजनको अस्थायी साधनमध्ये सबैभन्दा भरपर्दो र यौन रोगबाट बचाउने एकमात्र साधन हो कण्डम ।
पुरुषले मात्र प्रयोग गर्ने परिवार नियोजनको साधन कण्डम अचेल महिलाको प्रयोगको लागि समेत बजारमा आएका छ । जुन हिजोआज महिलाहरुका लागि सहजै उपलब्ध छ । नेपालमा महिला कण्डमको प्रयोगकर्ताहरु दिनानुदिन बढ्दो क्रममा छ ।
महिला कण्डमले पनि पुरुष कण्डमले जस्तै गर्भ रहनबाट जोगाउँछ । साथै एचआईभी एड्स तथा यौनरोग जस्ता संक्रामक रोगबाट बचाउनुको साथै सेक्सको समयमा पनि यसले आनन्दमा कुनै खलल पु¥याउँदैन ।
तर नेपालमा धेरैले यसको प्रयोग गर्न नजानेर प्रयोग नगरेको विभिन्न अध्ययनहरुले देखाएको छ ।
महिला कण्डमलाई कसरी प्रयोग गर्ने त भिडियो हेर्नुहोस्
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















