६ चैत्र, काठमाडौं । माओवादीहरुले प्रत्येक चैत्र ५ गते मनाउदै आएको जनसाँस्कृतिक प्रतिरोध दिवस सोमबार काभ्रेको अनैकोटमा भव्यताका साथ सम्पन्न भएको छ । १० वर्षे जनयुद्धको क्रममा २०५५ साल चैत्र ५ गते ७ जना जनकलाकारहरुकलाई राज्यपक्षबाट निर्ममतापूर्वक हत्या गरेको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता कृष्णप्रसाद सापकाटो देशबन्धुले अनेकोटमा शाहदत प्राप्त गरेको आफ्नी छोरी सुभद्र सापकोटाले आफूलाई अन्तिम पत्र पठाएको प्रसंग निकाल्दै भावक भएका थिए । ‘मेरी छोरी जो यहीं शाहदत प्राप्त गरे, तिनले मलाई अन्तिम प्रत्र पठाएको रहेछ ।’ उनले भावुक हुँदै थपे– ‘मलाई त्यो पत्रमा उल्लेख गरेको कुरा अहिले पनि सारै याद आउँछ ।’ छोरीको शाहदत प्रति अलिकति दुःख लागेपनि गर्व लागेको सापकोटाले बताए । ‘छोरीले ‘फेरि भेट् होला कि नहोला’ भनेर मलाई पत्र लेखेको रहेछ । निरन्तर क्रान्तिमा लागिरहने कुरा उल्लेख गरेको रहेछ ।’ सापकोटाले गला अबरुद्ध पार्दै भने– ‘आज जे जति परिवर्तन भएको छ तिनै महान सहिदहरुको बलिदानले भएको छ ।’
समृद्धको लागि अगाडि बढ्ने समृद्ध नेपाल निर्माण गर्न सके सहिदको सपना पूरा हुनेमा उनले आफू ढुक्का रहेको बताए । उनले बोल्दा सभा नै स्तब्ध भएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य गंगा कार्कीले सहिदले देखाएको बाटोमा निरन्तर अगाडि बढीरहेने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरि माओवादी केन्द्रका जिल्ला इन्चार्ज सूर्यमान दोङले सहिदको सपना पूरा गर्न सबैलाई अघि बढ्न अनुरोध गरे । त्यस्तै प्रादेशिक सांसद तथा एमालेका नेत बसुन्धारा हुमागाईंले आफूले सदनमा राम्रो काम गरेर सहिदको सपना पूरा गर्ने बताए ।
कार्यक्रममा सहिद परिवारजनलाई सम्मान समेत गरेको थियो । जनकलाकारहरु झंकर बुढा मगर, विश्व दोङ लगायतले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
























