७ चैत्र काठमाडौं । राजधानीको सुन्धारास्थित गुलाब मिठाइ पसलमा भीषण आगलागी भएको छ । सीटीसी महल नजिकै रहेको सो पसलमा आगलागी के कारणले भएको हो ? भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यस्तै, आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको र क्षतिको विवरण आउन बाँकी रहेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ । आगो नियन्त्रणका लागि दमकल, सुरक्षाकर्मी र स्थानीयको बाक्लो संख्यामा उपस्थित भइ खटिएका छन् ।

 

Comments

comments