-सुसन सापकोटा, चौरीदेउराली
१७ चैत्र, काभ्रे, चौरीदेउराली । कोशीपारी क्षेत्रको चौरी देउराली गाउँपालिका काभ्रको दोस्रो खुल्ला दिसा मुक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा काभ्रे क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माननीय गंगा वहादुर तामाङ (वमध्वज) ले गाउँपालिकालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरेका हुन् ।

स्थानीय पुर्नसंरचना अनुसार साविकका नौ गाविस रहेको पालिकाको ४ हजार ६ सय ६४ मा सवै घरधुरीको शौचालयमा पहुँच पुगिसकेकोले घोषणा गर्न बाँकी वडा नं १,४ र ८ लाई पनि खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरि पालिकालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको हो कार्यक्रममा ‘घर घरमा सफा चर्पी हाम्रो सान पूर्ण सरसफाइ यूक्त चौरीदेउराली बनाउने हाम्रो अभियान’ भन्ने मूल नारका साथ पूर्ण सरसफाइ अभियानको लागि समेत प्रतिवद्धता जाहेर गरिएको छ साविक मादनकुँडारी, गोठपानी, नार्गेगर्गचे, माझीफेदा, कात्तिकेदेउराली र पोखरीचौरी गाविस खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको सहयोगमा खुल्ला दिसा मुक्त क्षेत्र घोषण भइसकेका थिए वाँकी विर्तादेउराली,धुसेनी शिवालय र सानोवाङथली मा वाटर एड नेपाल र एकिकृत शहरी विकास केन्द्रको सहजिक।णमा घोषणा गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गंगा वहादुर दोङ वमध्वजले सरसफाइ अभियानको यो सफलताले नागरिकको पहिचान फेरिने ब्यक्तिको समृद्धि र स्वास्थ्यको लागि टेवा पुग्ने वताए । पानी विना पूर्ण सरसफाइ अभियान अधुरो हुने हुँदा अबको २ वर्ष भित्र पानी अभाव मुक्त वनाउनको लागि आफु लागि परिरहेकोले गाउँपालिका तथा सरोकारवाला निकाएलाई परम्परागत शैलीबाट माथि उठेर काम गर्न आग्रह समेत गरे । समृद्ध गाउँपालिका वनाउनको लागि समाजका कुसंस्कार परिवर्तन गर्न र विकासका कार्यमा सामाजिक अभियान चलाउनु पर्ने कुरामा जोड दिए ।
गाउँपालिका प्रमुख श्री दिननाथ गौतमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्याक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष मञ्जु गौतम, काभ्रे जिल्ला खानेपानी तथा सरसफाइ डिभीजन कार्यालयका प्रमुख श्री रामचन्द्र काफ्ले, एकीकृत शहरी विकास केन्द्रका वास मेनेजर श्री आनन्द गौतम र वाटर एड नेपालका सोनु शाहले खुला दिसा मुक्त क्षेत्र घोषणा गर्नुको महत्व र त्यस पछाडिका दिनमा सरसफाइमा कसरी अगाडि बढ्न सकिन्छ भनेर प्रकाश पारेका थिए ।
कार्यक्रममा अभियानलाई सफल पार्न सहयोग गर्ने संघ, संस्था कार्यालय तथा ब्यत्तिहरु र महिला स्वास्थ्य स्वयंसेविलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा स्थानीय नाँच प्रर्दशन गर्नुका साथै राष्ट्रिय स्तरका कलाकारहरुले पनि गीत प्रस्तुत गरेका थिए । स्थानीय बाजागाजा सहित आएका सहभागीहरुले कार्यक्रमबाट सरसफाइको महत्वको वारेमा थेरै जानकारी हासील गरेको भन्दै खुशी व्यक्त गरेका छन् । खुला दिसा मुक्त अभियानालाई सफल पार्नको लागि एकीकृत शहरी विकास के्रन्द्रका कर्मचारी श्री मनोज पंगेनी, सुसन सापकोटा, निर्मला गौतम र मणि पोख्रेलले विशेष भूमिका निर्वाह गरेका थिए ।






























