२२ चैत्र, काठमाडौं । एमाले माओवादी केन्द्रबीच बैशाख ९ अर्थात् २२ अप्रिलकै दिन हुने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताका छन्् ।
खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
पार्टी एकताको दिन लाखौँ जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिने प्रचण्डले बताए । ‘२२ अप्रीलका दिन शान्ति, समृद्धि र एकताको सन्देश नेपाल र विश्वभरि दिने योजना छ ।’ प्रचण्डले भने ।
कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको विषय लिपिवद्ध भएको समेत उनले जानकारी दिए । प्रचण्डले भने, ‘अब चुनाव चिन्ह र बराबरीको कुरा टुंगेपछि एकता हुन्छ ।’ रौतहटबाट दुई दर्जन बढी नेताकार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।





















