प्रदेश ३ का सभामुखदेखि सांसदसम्मको तलब सुविधा संसदबाट पारित

२५ चैत्र, हेटौंडा ।  प्रदेशसभामा प्रदेश ३ को सरकारले मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब सुविधासम्वन्धी विधेयक पेश गरेको छ ।

विधेयकमा प्रस्ताव भएअनुसार मुख्यमन्त्रीले मासिक ६१ हजार रुपैयाँ तलब पाउने भएका छन् । सञ्चार लगायतका सुविधा जोड्दा मुख्यमन्त्रीले मासिक ७५ हजार पाउने छन् ।

सोमबार बस्ने प्रदेशसभा बैठकबाट सो विधेयक पास गर्ने कार्यसूची छ ।

प्रस्तावमा यस्तो छः

मुख्यमन्त्री– ६० हजार ९७० रुपैयाँ पारिश्रमिक, सञ्चार खर्च ५ हजार र अतिथि सत्कार खर्च १० हजार

मन्त्री– ५२ हजार, सञ्चार खर्च ३ हजार र अतिथि सत्कार खर्च ५ हजार

राज्यमन्त्री– ४९ हजार, २ हजार सञ्चार र ३ हजार अतिथि सत्कार खर्च

सहायकमन्त्रीले ४७ हजार, २ हजार सञ्चार र ३ हजार अतिथि सत्कार खर्च

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।