२५ चैत्र, काठमाडौं । नेकपा (माओवादी केन्द्र) की प्रवक्ता पम्फा भुसालले एमाले–माओवादी पेलेर एकता नुहने बताएकी छन् ।
आईतबार प्रेस सन्टर नेपाल प्रदेश ३ को बैठकलाई सम्बोधन गर्दै प्रवक्ता भुसालले उक्त कुरा बताएकी हुन् । आफूहरुले पेल्ने कुरालाई नमान्ने पनि भुसालले प्रष्ट पारिन् । ‘हामी पेलेर जाने कुरालाई नि मान्दैनौं, एकता नगर्ने कुरालाई नि मान्दैनौं ।’ सचिव सरुवालाई पेलेको संज्ञा दिंदै भुसालले भनिन् ‘३० जना सचिव सरुवाको क्रममा कुनै पनि मन्त्रीलाई सोधेको छैन । यतिसम्मा कि एमालेका मन्त्रीहरूलाई समेत सल्लाह गरेको छैन ।’

एकता पछि एमाले–माओवादी नरहने
उनले एकता सुखद कुरा भएपनि सम्पादन रसम्पन्न गर्ने कुरा जटिल भएको बताईन् ।
एमाले–माओवादी एकता विना समाजवादी क्रान्ति सम्पन्न नहुने देखेपछि एकता अपरिहार्य सर्त रहेको भुसालले बताईन् । ‘समाजवादी क्रान्ति हामीले मात्र सम्भावना नहुने देख्यौं ।’ भुसालले भनिन्– ‘त्यसैले एमाले–माओवादी एकता अनिवार्य सर्त बन्यो ।’
एकता पछि माओवादी एमालेकरण हुने चिन्त र बहस पार्टी भित्र भएको बताउँदै भुसालले एमाले जस्तो आफ्नो पार्टी नबन्ने एमाले पनि आफ्नो पार्टी जस्तो नबन्ने बरु नयाँ पार्टी निर्माण हुने स्पष्ट पारे ।
बैचारिक बहस शुन्य
पार्टी एकता हुँदै गर्दा राजनैतिक, बैचारिक बहस हुन नसकेको उनले बताइन् । नमिल्ने कुरा छ भने छलफलै नगरी अघिबढेको उनले बताईन् । ‘जता मिल्छ त्यतै मात्र छलफल गर्दै गयौं नमिल्ने कुरामा कुनै बहस नै भएन ।’ भुसालले भनिन् ।
एकता हुन नदिन व्यापक चालखेल
एमाले–माओवादी केन्द्र बीच एकता हुन नदिन विभिन्न शक्ति केन्द्र लागिरहेको उनले खुलासा गरे । ‘निर्वाचन प्रक्रिया र परिणाम पछि एकता हुन नदिन बिदेशी शक्ति कन्द्रले दुबै पार्टी भित्र चालखेल ग¥यो ।’ भुसालले भने– ‘अझै ठूलो आशंका छ । धेरै ठूलो तागत अझै लागेको छ ।’
कुनैपनि तागतलाई सफल हुन नदिने उनले ठोकुवा गरिन् ।
परिवर्तनको साधन जनयुद्धलाई नमानि एकता हुन्न
मुलुकको परिवर्तनको ऐतिहासिक साधन जनयुद्धलाई नजरअन्दाज गरे पार्टी एकतामा बाधा पुग्ने भुसालले बताईन् ।
‘जनयुद्ध भन्ने शब्द ४ वटा अक्षर ले बनेको छ नि त्यति मात्र हो ? साध्य स्विकार्ने तर साधन नस्विकर्ने ?’ उनले भनिन्– ‘परिवर्तनको साधन बनेको महान जनयुद्धलाई नजर अन्दाज गर्न मिल्दैन ।’ उनले सम्मान जनक एकताको पक्षमा सबै पत्रकारहरुलाई लाग्न निर्देशन समेत गरिन् ।
पार्टी एकता कुनै कम्पनीको एकता होइन
कार्यक्रममा प्रेस सन्टर नेपालका केन्द्रिय उपाध्यक्ष वलराम थापाले पार्टी एकतालाई कुनै निगम कम्पनी एकता भएको जस्तो रुपमा लिन नहुने बताए । ‘यो पार्टी एकतालाई निगम कम्पनी एकता भएको जस्तो गरि हेरे गलत हुनेछ ।’ थापाले भने– ‘पार्टी एकता विचार र सिद्धान्तको आधारमा हुन्छ ।’

बैठकमा केन्द्रिय अध्यक्ष महेश्वर दाहाल, उपाध्यक्ष कमल गिरि, सचिव लक्ष्माण खडका लगायतले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।






















