२९ चैत्र, बनेपा । ‘काभ्रेको विकास गरौं सबै मिली, एकजुट हौं साउदी अरबमा काभ्रेली’ भन्ने मूल नाराका साथ एब बर्ष अघि स्थापना भएको काभ्रे सेवा समाज साउदी अरबले वार्षिकोत्सव भव्यताका साथ मनाउने भएको छ ।

विहिबार बनेपामा पत्रकार सम्मेलन गर्दै समाजका अध्यक्ष जेनकुमार लामाले बार्षिकोत्सव मनाउने जानकारी दिएका हुन् । बार्षिकोत्सव सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एक कार्यक्रम बीच आगामी बैशाख १ गते उद्घाटन गरिने लामाले जानकारी दिए ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । त्यस्तै गरि शैक्षिक अभियानमा लामो समयदेखि कार्य गर्दै आएको यस संस्थाले शैक्षिक विकास अक्षयकोष समेत स्थापनाको घोषणा गर्ने संयोजक लामाले बताए । वार्षिकोत्सवको दिन विभिन्न महानुभवहरुलाई पुरस्कार पनि वितरण गरिने उनले बताए ।

समाजले विशेष गरि वैदेशिक रोजगारको क्रममा साउदी अरबमा पुगेका श्रमिकहरुको हक हितको लागि काम गर्दै आएको छ । त्यसैगरि संस्थाले शैक्षिक विकासको लागि विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्री देखि लिएर भौतिक पूर्वाधार निर्माण समेत गर्दै आएको छ ।

भिडियो

Comments

comments