२९ चैत्र, बनेपा । साउदी अरबमा रोजगारीका लागि पुगेका कुशादेवीका रामचन्द्र तिमल्सिना पाकिस्तानी नागरिक हत्या गरेको अभियोगमा ब्लड मनि तिरेर जेल मुक्त भएको धेरै समय पछि विवादमा तानिएको छ ।

साउदी अरब स्थित नेपाली दुताबासका सहचारी राम प्रसाद सापकोटाले चाहिने रकम भन्दा धेरै संकलन भएको तर उक्त रकमको पारदर्शीता नभएको बताएका छन् ।

‘नेपाली रकम ३५ लाख ब्लड मनि तिर्नुपर्नेमा तिमल्सिनाको नाममा लाखौं पैसा उठेको थियो । बाँकी रकम कति हो थाहै छैन ।’ उनले भने– ‘त्यत्रो समस्याबाट उनलाई मुक्त गरेपछि बाँकी रकम उनी जस्तै समस्यामा परेका अरु दाजुभाईलाई सहयोग गर्न हुन्थ्यो नि ।’

तिमल्सिनालाई बचाउन ‘रामचन्द्र तिमल्सिना बचाउ अभियान’ सञ्चालनको नेतृत्वमा रहेका सापकोटाले तिमल्सिनालाई बचाउन आवश्यक रकम ३ दिनमा नै उठेको बताए । ‘रामचन्द्र तिमल्सिना बचाउ अभियानमा लाखौं रकम उठेको छ । ३ दिनमा रकम पर्याप्त उठ्यो । त्यसपछि हामीले रोकौं भन्यौं तर रोकेन ।’ सापकोटाले भने– ‘सबैतिर उठेको एउटा प्रश्न के हो भने ब्लड मनि तिरेर बाँकी रहेका रकम कता गयो ?’

तिमल्सिनाले जस्तो समस्या बोकिरहेका साउदी अरबमा धेरै रहेको र उनीहरुको उद्धारको लागि बाँकी रहेको रकम उपयोग गर्न पाए राम्रो हुने सापकोटाले तर्क गरे । ‘बाँकी रकम उहाँले व्यक्तिगत रुपमा नै उपभोग गर्नु पर्ने हो ?’ सापकोटाले भने– ‘रामचन्द्र तिमल्सिनालाई जति पैसा चाहिएको छ त्यो खर्च गरेपछि बाँकी रहेको रकम अरुको लागि प्रयोग गरौं ।’

तिमल्सिनालाई हरेक ठाउँमा सम्मान गरेको आफूले सुन्न आएको भन्दै सापकोटाले हरेक नेपालीको पसिना काटेर उद्धार गरेर पठाएकोमा सापकोटाले सबै दुःख भुलेको उनले आरोप लगाए । ‘कुन महान काम गरेर नेपाल फर्केका हुन र उनलाई सम्मान गर्नलाई ?’

बाँकी रकमको खोजी गरि अरु पिडितहरुको उद्धार गर्न सहयोग गर्न सापकोटाले पत्रकारहरुसँग अनुरोध गरे ।

लौ हेर्नुहोस भिडियो

Comments

comments