१ बैशाख, बनेपा । एक वर्ष अघि साउदी अरबमा गठन भएको काभ्रे सेवा समाज साउदी अरबले १० लाखको शैक्षिक विकास अक्षयकोषको स्थापना गरेको छ । दुर्गम क्षेत्रको शैक्षिक अवस्था सुधार गर्ने भन्दै समाजले आफ्नो वार्षिकोत्सवको अवसर पारेर यसरी अक्षयकोषको स्थापना गरेको हो ।

समाजको वार्षिकोत्सव तथा अक्षयकोष स्थापना कार्यक्रमको उद्घाटन सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले गरेका थिए ।

 

विदेशी भूमिमा बसेर नेपाली माटोलाई माया गर्दै यहाँको शैक्षिक विकासमा टेवा पु¥याउने उद्देश्य लिएकोले काभ्रे सेवा समाज, साउदीलाई राज्यमन्त्री बाँस्कोटाले धन्यवाद दिए ।

कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङ, प्रादेशिक सांसद गोमा भुर्तेल लगायतले सम्बोधन गरेका थिए ।

समाजले दुर्गममा मात्र सहयोग गर्ने

कार्यक्रममा काभ्रे सेवा समाज, साउदी अरबका संयोजक जेनकुमार लामाले आफूहरुको रोजाई दुर्गम बस्तीहरु भएको बताए । शैक्षिक सामग्रीको अभावमा विद्यालय छोड्न बाध्य सामुदायिक विद्यालयका वालवालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले शैक्षिक विकास अक्षयकोषको स्थापना गरेको उनले बताए ।

वार्षिकोत्सवको उपलक्ष्यमा समाजे विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै म्याराथुन दौडमा प्रथम, द्वितिय र तृतिय हुनेहरुलाई नगद सहित पुरस्कार वितरण गरेको थियो ।

Comments

comments