२ बैशाख, बनेपा । पुर्व उर्जा मन्त्री तथा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य सुर्यमान दोङ (लालध्वजले पार्टी एकता  बैशाख ९ मै नहुन सक्ला तर ढिलो वा चाँडो एकता हुने बताएका छन् । यसका लागि काभ्रेका सबै युवाहरुलाई विचार, राजनितिक र सांगठानिक रुपमा भुमिका खेल्न आग्रह गरेका छन् ।पार्टी एकता चुनावमा गरिएको बामगठबन्धन जस्तो नभएको बताएका छन् । निर्वाचनको लागि ४० र ६० मा जान आवश्यक रहेको र एकता भनेको ४० र ६० जसरी नजाने तर माओवादी भित्र कति सदस्य छन् र एमाले भित्र कति सदस्य छन् त्यसैको आधारमा एकता हुन जानकारी दिएका छन् । साथै उनले युवाहरु निरास नहुन र उत्साहपुर्वक अगाडी बढ्न आव्हान गरेका छन् ।नयाँ वर्ष २०७५ को अवसरमा आईतबार योङ कम्युनिष्ट लिग वाईसिएलले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बताएका हुन् ।

 

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम का प्रमुख अतिथि स्थाई कमिटी सदस्य गंगा कार्की (विश्व) ले यो वर्ष संघीयताको एउटा आधार जग बसाल्नको निम्ति अवसर भएकोले यो आधार तयार गर्नको निम्ति सम्पुर्ण नेपाली जनता र विशेष गरी काभ्रेली युवा एकजुट भएर लाग्नको निम्ति आव्हान गरेका छन् ।

त्यसैगरी प्रतिनिधी सभा सदस्य गंगा बहादुर दोङ ( बमध्वज) ले तेमाल क्षेत्रमा पानीको हाहाकार भई भुकम्पले ध्वस्त घर बनाउन नसकेको र मानववस्तीनै विस्थापित हुने अवस्थामा पुगेकोले एक वर्षभित्र पानी पुर्याउने लक्ष्य लिएकोले सम्पुर्ण युवाहरुलाई आफुलाई साथ दिनको निम्ति आग्रह गरेका छन् ।
वाढी पहिरोले सडक अवरुद्ध हुदा कोसीपारीका जनता यातायात सञ्जालबाट विच्छेद हुने अबस्थाको अन्त्य गर्न कोसीपारी क्षेत्रमा सडक स्तर उन्नतीका लागि ९० करोडको काम हुन लागेको,डाँडापारी क्षेत्रमा दुई स्थानबाट सडक छिचोल्ने काम अघि बढेको जानकारी दिदै उहाँले यसमा युवा संलग्नताको अपेक्षा गरेका छन् ।
उहाँले खोपासी‐तालढुगां ९२०० किलोमिटर० सडक खण्ड यो आर्थिक वर्षमा नै पुरा हुने र चौकीडाँडा‐सिपाली‐बुढाखानी‐बनखु‐घर्तीछाप हुदै गोकुले जोड्ने सडक खण्डलाई पनि तत्काल सुचारु गर्ने योजना भएको बताएका छन् ।


कार्यक्रमप्रदेश सभा सदस्यदय रत्न ढकाल र लक्ष्मण लम्साल, माओवादी केन्द्रका केन्द्रिय सदस्य इन्द्र बहादुर थिङ(छिन्ताङ), एमालेका जिल्ला उप सचिव इन्द्र बहादुर तामाङ, वाईसिएल नेपालका केन्द्रिय सचिव अरुण घिसिङ, सदस्य अविलाश लामा, युवा संघ नेपालका जिल्ला अध्यक्ष विक्रम चौलागाई, अनेरास्ववियु केन्द्रिय अध्यक्ष रविन खड्का, नयाँ शक्ति पार्टीका नेता राजिव मोक्तान, बनेपा नगर प्रमुख लक्ष्मीनर सिङ वादे, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हरि श्रेष्ठ लगायतले शुभकामना मनतव्य राखेका थिए ।

 

कार्यक्रमको सभापतित्व वाईसिएलका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले गरेका थिए भने र वाईसिएलका सचिव प्रदिप लामाले संचालन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।