३ बैशाख , काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटघाट हुने भएको छ । ओली–प्रचण्डबीचको नयाँ बर्ष २०७५ सालको यो पहिलो भेट हो ।
प्रचण्ड सिन्धुपाल्चोकबाट फर्के लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने तयारीमा छन् ।

नयाँ बर्ष मनाउन परिवारसहित आइतबार सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्ड पार्टी एकताका विषयमा छलफल गर्न सोमबार विहान काठमाडौं फर्केको उनको सचिवालयले जनाएको छ । ओली–प्रचण्डबीच आज भेटघाट हुने तयारी छ ।

पार्टी एकताबारे बाहिर नकारात्मक टिप्पण्ी हुन थालेपछि ओली प्रचण्डले आजै एकताको सबै कुरा टुंग्याउने ओली निकट एक एमाले नेताले जानकारी दिए । उनका अनुसार ओली–प्रचण्ड दुबैले पार्टी एकताको  गर्नै  टुङगो लाग्ने तयारीमा छन् ।

Comments

comments