४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कार्यशैली ठिक नभएको भन्दै पार्टी एकता संयोजन समितिको बैठकमा प्रश्न उठाएका छन् ।
मंगलबार वालुवाटारमा बसेको संयोजन समितिको बैठकमा प्रचण्डले ओलीलाई एकलौटी निर्णय लिन थालेको भन्दै असन्तुष्टि जनाएका हुने । पार्टी एकतामा देखिएका विवादित विषय भन्दा शीर्ष नेतृत्वमा देखिएको आशंकाबारे छलफल भएको बैठकमा सहभागी माओवादी केन्द्रका एक नेताले बताए ।
उनका अनुसार बैठकमा प्रचण्डले आफूहरुलाई थाहा नै नदिई राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा लगेको, माओवादी मन्त्रीहरुसँग परामर्श नै नगरी सचिव सरुवा गरेको र राष्ट्रिय योजना आयोग गठन नै नगरी बजेट निर्माण थालेकोमा असन्तुष्टि जनाए ।
प्रचण्डले पार्टी एकतापश्चात दुई अध्यक्ष बनाए पनि एउटा कार्यकारी, अर्को शेरेमोनियल हुने शंका व्यक्त गरेका थिए । प्रचण्डको भनाइृ उद्धृत गर्दै माओवादी नेताले भने, ‘यो कार्यशैली हो भने त दुई वटा अध्यक्ष बनाएपनि एउटा कार्यकारी, अर्को शेरेमोनियल त हुँदैन प्रचण्डले बैचारिक राजनीतिक विषय र महाधिवेशन कसरी गर्ने भन्ने प्रश्न समेत उठाएका थिए ।





















