५ बैशाख, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आज आफ्ना चिनियाँ समकक्षीसँग भेट गर्ने भएका छन्। मन्त्री ज्ञवालीले आज चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

आजको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली वैसाखभित्रै चीन भ्रमणमा जाने तयारीमा छन् । परराष्ट्रमन्त्री ज्ञवालीकै भ्रमणका क्रममा प्रधानमन्त्रीको चीन भ्रमणको मिति टुंगो लगाउने तयारी रहेको प्रधानमन्त्री निकटका स्रोतहरु बताउँछन् ।

चीनका विदेशमन्त्री यीले आजै नेपालका आफ्ना समकक्षीका सम्मानमा दिवाभोजको आयोजना गर्ने र दुई पक्षीय भेटघाटपश्चात् संयुक्त प्रेस वक्तव्यसमेत जारी गर्ने तयारी रहेको बताइएको छ ।

सोमबार चीनको औपचारीक भ्रमणमा गएका मन्त्री ज्ञवाली आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ।

Comments

comments