बसन्त लामा बोम्जन
बारा निजगढ । निजगढ नगरपालिकाको सिंगौल देखि सिमलचौर सम्म १८३ मिटर पि. सि.सि. ढलान शुरु भएको छ ।

पी.सि.सि.ढलान गर्न लागेको रोड को दुवै भागमा वालको बिस्तार गरि रोड निर्माण हुन लागेको हो । वडा नं.३ शान्ति टोल बिकास समितिको सचिब गणेश बहादुर मगरका अनुसार  केहि समय अगाडिनै सुरु हुनु पर्ने काम गिट्टी र बालुवा घोल्ने मिक्चरको अभाबमा सो रोडको ढलान कार्य ढिलो सुरु गरिएको हो् ।

सुरु गरियको ढलानको ८ इन्ची मोटाइ, ८ मिटर चौडाई १ सय ८३ मिटर लम्बाई रहेको शान्ति टोल बिकास समितिको अध्यक्ष रित बहादुर बल तामाङले नेतृत्व गरेको छ ।

निजगढ नगरपालिकाले स्मार्ट सिटि को अबधारणा ल्याएसंगै सिंंगौौलको अधिकाँँस भित्रि बाटोमा पनि पी.सि.सि. ढलानको लागि जननिर्वाचित प्रतिनिधिले बजेट निकाशा गर्न पहल गरिएको हो् ।

बिगतको दिनमा भन्दा हाल सिंगौलको ३ वटा वडामा खानेपानी, सडक, शिक्षा, बिद्युत र अन्य विकासको कार्यक्रम तिब्र रुपले अगाडी बढिरहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।