फोटो/धन लामा

५ बैशाख, काभ्रे चौंरीदेउराली । बहुचर्चित आयोजना मध्यपहाडी लोकमार्ग सेक्सन–३ को शिलान्यास संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

मध्यपहाडी लोकमार्ग सेक्सन–३ काभ्रे जिल्ला स्थित चौरीदेउराली गाउँपालिका वडा नं. ८, विर्तामा शिलान्यास भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले मुलुकमा सम्बृद्धिको ढोका खुलेको बताए । पूर्व देखि पश्चिमलाई जोड्ने सडकको रुपमा मध्यपहाडी लोकमार्ग निर्माण कार्य तिब्र गतिमा भइरहेकोमा उनले खुशी समेत व्यक्त गरे ।

वामपन्थीहरुको बहुमतको सरकारको मुख्य योजना नै मुलुकलाई सम्बृद्धाशाली बनाउने र समाजवादी क्रान्ति सम्पन्न गर्ने भएकोले राष्ट्रिय महत्वको आयोजनाहरु यथाशिघ्र सम्पन्न गर्नुपर्ने बताए ।

निर्माण कार्य ढिलाइ नगर्न सुझाव दिंदै सांसद बमध्वजले कहींकतै समस्या आए आफू सधैं साथमा रहेको विश्वास समेत दिलाए ।

कार्यक्रममा आफ्नो वडाबाट मध्यपहाडी लोकमार्ग सेक्सन–३ शुरुवात भएकोमा वडा अध्यक्ष धन लामाले खुशी व्यक्त गर्दै जनताको पक्षमा इमान्दारीताका साथ लाग्ने प्रतिबद्धता जनाए ।

Comments

comments