६ बैशाख, काभ्रे । माओवादी केन्द्रका बरिष्ठ नेता तथा अन्तराष्ट्रिय विभाग प्रमुख नाराणकाजी श्रेष्ठले बेलायती सेनामा काम गरेका नेपालीहरुको समस्या समाधान गर्न उच्च तहमा वार्ता गरि तत्काल टुंग्याउनु पर्ने बताएका छन् ।
सामाजिक सञ्जल फेसबुकमा आफ्नो भनाई राख्दै नेता श्रेष्ठले उक्त कुरा बताएका हुन् । भूतपूर्व गोर्खा सैनिक संघ (गेसो)का प्रतिनिधिहरुसँग विहिबार भेटेपछि उनले उक्त भनाई सार्वजनिक गरेका हुन् ।

श्रेष्ठले बेलायती सेनामा काम गरेको नेपालीहरु प्रतिको भेदभाव एवं असमान व्यवहारका विरुद्ध ठूलो संघर्ष पछि केही उपलब्धी हाँसिल भएपनि पूर्णस समाधान नभएकोले २ सरकारले प्राविधिक टोली बनाएको उल्लेख गरेका छन् ।
‘बेलायती सेनामा काम गरेका नेपालीहरुप्रतिको भेदभाव एवं असमान ब्यबहारका बिरुद्ध ठूलो संघर्ष पछि केही उपलब्धी हाँसिल भएपनि पुर्ण समाधान नभएकाले २ सरकारले प्रबिधिक टोलि बनाएको थियो।उक्त टोलीले दुवै सरकारलाई प्रतिबेदन बुझाईसकेको छ ।’ उनले भनेका छन् ‘सरकारले तत्काल उच्चतहमा वार्ता गरी टुङ्ग्याउन पहल गरोस।






















