डिलबहादुर थाेकर/८ बैशाख, तेमाल । काभ्रे क्षेत्र नं. १ बाट निर्वाचित भएका संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले तेमालमा तामाङ साँस्कृतिक संग्रहलय बनाउन आफू लाग्ने बताएका छन् ।

 

शनिबार तेमाल गाउँपालिकाले आयोजना गरेको काभ्रे क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभाका सदस्यहरुलाई सम्मान, बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले उक्त कुरा बताएका हुन् ।

‘तामाङ भाषा र सँस्कृति हराए तेमालमा खोज्न जानु भन्ने हाम्रा पुर्खाहरुको भनाई अहिले पनि जिवित छ ।’ उनले भने– ‘अब तेमालमा तामाङहरुको जन्मदेखि मृत्युसम्मको सँस्कारलाई समेटेर संग्राहलय निर्माण गर्न यसैपाली म बजेट विनियोजन गर्छु ।’ यसको लागि तामाङ ‘थिङ्क ट्याङ्क’हरुले योजना बनाउन उनले अनुरोध गरे ।
धार्मिक, साँस्कृतिक पर्यटनको लागि तेमाल अत्यन्तै अनुकुल रहेको बताउँदै सांसद बमध्वजले भने– ‘देशैभरि र अन्तर्राष्ट्रिय तामाङहरु आफ्नो भाषा र संस्कार सिक्न र बुझ्न तेमाल आओ । यहाँबाट आफ्नो संस्कार र भाषा सिकेर जाओस् ।’ यसको लागि विशेष योजना बनाउन गाउँपालिकालाई अनुरोध समेत गरे ।

विकास निर्माणमा लागेका ठेकदार बइमानी

विकास निर्माणमा ठेक्क लिएका ठेकदारहरुकोले समयमै काम नगर्दा विभिन्न आयोजना सम्पन्न हुन गाह्रो भएको सांसद बमध्वले स्पष्ट पारे । ती ठेकदाहरु आफूसँगै चुनाव लडेका व्यक्तिहरु भएको पनि उनले बताए । ‘सबभन्दा बेमान साथीहरु पुल बनाउने साथीहरु रहेछ । पुल बनाएको छ तर विचैमा छोडेर हिडेको छ । ती साथीहरु हामीसँग चुनाव लडेकाहरु रहेछन् ।’ उनले भने– ‘अब त्यसरी चल्दैन, सम्बृद्ध नेपाल बनाउन अब यो सब रोकिन्छ ।’

यसैबीच सांसद बमध्वजले निर्वाचनको बेला आफूहरुले जनतालाई वैशाख २५ गते भित्रमा याङबेल डाँडामा खानेपानी आईपुग्छ भनेर आस्वासन दिए पनि पूरा नभएकोमा दुःख व्यक्त गरे ।

निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले समयमै काम नगरेकोले यो समस्या आएको उनले स्पष्ट पारे । अब काम ढिलाई गर्न निर्माण व्यवसायीलाई छूट नभएको बताउदै उनले अबका दिनहरमा क्षमा नदिने चेतावजनी दिए ।

कार्यक्रममा प्रादेशिक सांसद रत्न ढकालेले हृन्जेन दोर्जेले शासन गरेको, साँस्कृतिक रुपमा सम्भावना बोकेको तेमालको समृद्धिको लागि आफू गम्भिर भएको बताए । आगामी दिनहरुमा गाउँपालिकाको विकास निर्माण तथा योजना निर्माण गर्दा आफूले गर्नुपर्ने काम गर्ने बताए ।

त्यसैगरि अर्का प्रादेशिक सांद गोमा भुर्तेलले ‘सुखी नेपाली र समृद्धि नेपाल’ को नारा निर्वाचनको लागि मात्र बनाएको नारा नभएको स्पष्ट पारे । यो आभियानमा आफूहरु लागेको बताए ।

तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं लामाले तेमाल गाउँपालिकाको विकासको लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले तेमालको पर्यटन विकासको लागि ‘तेमाल कोर्वा’ (तेमाललाई परिक्रमा गर्ने) निर्माण गर्ने बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगाबहादुर तामाङ, प्रदेशसभा सदस्यद्वय रत्न ढकाल र गोमा भुर्तेललाई अध्यक्ष तामाङले भगवान बुद्धको मूर्ति प्रदान गरेर बधाई तथा शुभकामना दिएका थिए । स्वागत मन्तव्य उपाध्यक्ष दुर्गामाया तामाङले राखेका कार्यक्रममा नेपाली काँग्रेसका नेता हेमलाल तामाङ, माओवादी केन्द्रका नेता डिएम लामा लगायतले मन्तव्य राखेका थिए ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।