बैशाख १०, पाँचखाल । प्रादेशिक सांसद लक्ष्मण लम्साल सरकारीले सरकारको विद्यार्थी भर्ना अभियानमा लागेका छन् । उनले सोमबार पाँचखाल नगरपालिकामा रहेको श्री राम उच्च माध्यमिक विद्यालयमा सौगात तामाङलाई कक्षा १ मा भर्ना गरेर यो अभियानमा सामेल भएका हुन् ।

सौगातसँगै विद्यालयका प्रधानाध्यापक राजमान तामाङले दिवान सिबभक्तीलाई पनि वाल काक्षामा भर्ना गरेर अभिभाकत्वको भूमिका निर्वाह गरेका छन् ।

सौगात र दिवानलाई आवश्यक पर्ने शैक्षिक सामाग्री समेत सांसद लम्साल र प्रधानाध्यापक तामाङले हस्तान्तरण समेत गरेका छन् ।

सरकारले जनप्रतिनिधिहरुलाई नयाँ शैक्षिक सत्र अनुसार बालबालिकाको अभिभावक बन्न अनुरोध गरेका थिए ।

सांसद लम्सालले सौगात र दिवानलाई वर्षभरी आवश्यक पर्ने पढ्न बाधा नहुने गरि शैक्षिक सामग्री र नगद रकम समेत गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लम्सालले नागरिकद्वारा नागरिकको उत्तरदायित्व बहन गर्नुपर्ने बताउँदै, सक्नेले नसक्नेलाई सहयोग गर्नुपर्ने बताए । ‘एक जनाले थुकी सुकी, सय जनाले थुकी नदी भने झैँ हामीले अरुलाई सकेजति सहयोग गरौं ।’ लम्सालले भने ।

कक्षा १ देखि १० सम्म पूर्ण अंग्रेजी माध्यम र कक्षा ६ देखि कक्षा १० सम्म नेपाली र अंग्रेजी माध्यम दुबैबाट अध्यापन गराउँदै आएको श्री राम उच्च माध्यमिक विद्यालयमा सिमान्तकृत समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएका छन् ।