बसन्त लामा
११ बैशाख, निजगढ । बारा निजगढ नगरपालिकाको वडा नं. १ स्थित बनस्थली चोकमा ‘बरम बाबा खानेपानी’मो चिज्जल जमिन भित्र छिनेपछि डिपबोरिङमा समस्या उतपन्न भएको छ ।

बरम बाबा खानेपानीले बनस्थली हाट बजारको नजिकै दोश्रो डीपबोरिंङ् भिमेस्वर डिलीङ उधोगले गएको चैत्र ४ गतेबाट बोरिङ धसाउने कार्य सुरु गरियको थियो ।

बोरिङ् गराउने क्रममा १४ गोलाई भएको चिज्जल सतरी मिटर गहिराइमा पुगी छिनेपछी सोहि ठाउँको केही पर डिलिङ गर्ने क्रममा १० गोलाई भयको दोश्रो चिज्जल जमिन मुनि अडकेकोले वोरिंङ गरि रहेको कार्यमा अबरोध भएको हो ।

खाने पानीको समस्या झेल्दै आएको बनस्थलीका स्थानीय बासिन्दाले डिपबोरिङबाट निस्कने पानी खान पाउने आशा टुटेको छ ।

नेपाल सरकारको केन्द्रीय खानेपानी बिभाग बाट २४ लाखको लागतमा पहिला गराएको डिपबोरिङबाट स्थानीयलाई पर्याप्त खानेपानी नभएपछि दोस्रो पटक डिपबोरीङ गरिएको थियो ।

डिपबोरिङको फागुन २० गते निजगढ नगरापालिकाका मेयर सुरेश कुमार खनाल र उप मेयर लिला देबी खनाल लामिछाने, स्थानीय राजनितीक दल बुद्धिजीबीको उपस्थिमा शिलान्यास गरिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।