१३ बैशाख, काठमाडौं । कार्ल मार्क्स जन्मको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई मार्क्सवाद पढाउने भएको छ । एमाले–माआवादी केन्द्रलगायत चार कम्युनिस्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुचि घट्दै गएकाले मार्क्सवाद पढाउने निर्णय गरेको हो ।

यस्तै, मार्क्स जन्म द्विशतवार्षिकीलाई नेपालका सबै कम्युनिस्ट पार्टीले भव्य रूपमा मनाउने तयारी गरेका छन्।

मार्क्स जयन्तीको द्विशतवार्षिकीको उपलक्ष्यमा २१ र २२ वैशाखमा ‘आजको मार्क्सवाद लोकतन्त्र समृद्धि समाजवाद’लाई मूल विषय राखेर काठमाडाैँको राष्ट्रिय सभागृहमा राष्ट्रिय गोष्ठी आयोजना गरिएको छ । गोष्ठीमा विभिन्न कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

एमाले उपमहासचिव घनश्याम भुसालले मान्छेले अनुभूति नगर्ने गरी गरिने विकास र समृद्धिको कुनै काम नरहेको बताए । ‘विकासको कुरा गर्दा रेल ठूलाठूला बाटाघाटाको कुरा खुब आउँछ । य

सरी ठूलाठूला विकास निर्माणको कुरा गर्दा मान्छेको चित्र धुमिल हुँदै गएको छ ।’ भुसालले भने, ‘नेपालमा रेल आएपछि नेपालबाट के राखेर पठाइन्छ भन्ने कुरा महत्वपूर्ण हो ।’ यस्तै, माओवादी केन्द्रका नेता राम कार्कीले नयाँ पिढीमा माक्र्सवाद विषयमा अभिरुचि बढाउने काम गर्नुपर्ने बताए ।

‘हामीलाई वेद, कुरान, बाइबलमा एक शब्द थप्ने अधिकार छैन ।’ कार्कीले भने, तर, ‘माक्र्सवादमा समय परिस्थितिअनुसार थप्दै विकास गर्न सकिन्छ । त्यसैले, माक्र्सवाद एउटा विज्ञान हो, दर्शन हो ।’

पुँजीवादको विकल्प मार्क्सवाद नै भएको कार्कीले बताए । ‘आगामी दिनमा कस्तो खालको समाजवाद ल्याउने भन्ने विषयमा काठमाडौंमा मात्र बहस गरेर हुँदैन ।’ कार्कीले भने, ‘टोलटोलमा बहस हुनुपर्छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।