१३ बैशाख, काठमाडौं । एमाले नेतृ तथा सांसद नविना लामाले आफ्नो विहे खर्चबाट कटाएर एक मृगौला पीडितलाई सहयोग प्रदान गरेकी छिन् ।

बिहीबार बैवाहिक बन्धनमा बाँधिएकी लामाले दुबै मृगौला फेल भइ वीर अस्पतालमा उपचाररत अनेरास्ववियू पाल्पाका अध्यक्ष २५ वर्षिय प्रेम बगालेलाई प्रदान गरेकी हुन् ।

लामाले बगालेलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरिन् । अनेरास्ववियूका पूर्व केन्द्रिय सदस्य तथा व्यवसायी प्रविण श्रेष्ठसँग आमी अफिसर्स क्लब भद्रकालीका आज जनबादी बिहे गरेकी हुन् ।

उनको विहेमा बधाई तथा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बहालवाला मन्त्री एमाले र माओवादी केन्द्रका नेताहरु तथा सर्वसाधारणहरु पुगेका थिए ।

Comments

comments