१४ वैशाख, मलेसिया । रोजगारीको शिलशिलामा ४ महिना अघि मलेसियामा पुगेकी सिन्धुपाल्चोककी मिनसाङ तामाङलाई तामाङ समाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।
विरामी परेर नेपाल फर्केकी तामाङलाई उपचारको लागि१ हजार १ मलेसियन रिङगिट अर्थात नेपाली रु.२७ हजार २ सय ५० संस्थाका पुर्व अध्यक्ष चक्र तामाङ र सदस्य वाङजु तामाङले एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।
समाजका अध्यक्ष टासी पल्मो वाईवाका अनुसार उक्त रकम मलेसियामा कार्यरत नेपालीहरुसँग संकलन गरेका हुन् । विरामी भएकी तामाङ काठमाडौ बसुन्धाराको मोभिरा म्यानपावरबाट मलेसियाको एक कम्पनीमा मलेसिया आएकी थिइन् । मलेसिया आएको ४ महिना मै पाठेघरको समस्याले विरामी परेर थला परेकी थिइन् ।
कम्पनीमा काम गर्न नसक्ने र कम्पनीले उपचार गर्न नसक्ने भएपछि तामाङलाई नेपाल फर्काउनको लागि इजरायलमा कार्यरत शरिन तामाङले पहल गरेकी थिइन् । सोही अनुसार म्हार म्हेन्दो तामाङ कलाकार मलेसियाका अध्यक्ष फुर्वा दोर्जे मोतmानले तामाङ कार्यरत कम्पनीलाई एक वर्षको लेवी १ हजार ८ सय ५० र हवाई टिकट ८सय गरी मलेसियन रिङगिट २ हजार ६ सय ५० तिरेर नेपाल पठाइएको थियो ।
बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा पुगेका पिडित नेपाली श्रमिकहरुलाई तामाङ सेवा समाज, मलेसियाले धेरै जनालाई सहयोग गर्दै आएको छ ।