-दुध बहादुर लामा
अप्रिल २९, दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपालीहरुले ‘प्रदेश नं. ३ एकता समाज’ गठन गरेको छ ।
प्रदेश नं. ३ भित्रका विभिन्न जिल्ला एकता समाजलाई समेटेर प्रदेश ३ स्तरको समाज गठन गरेको हो ।
प्रदेश नं. ३ एकता समाज दक्षिण कोरियाको प्रथम अधिवेशनले मकवानपुरका किशोर ब्लोनलाई अध्यक्षमा चयन गरेको छ ।
‘देश विकासमा हाम्रो योगदान, एकताको सुत्रमा समृद्धिको उठान’ नारा लिई दक्षिण कोरियाको राजधानी सोल ुनेपाल हाउसुमा आइतबार भएको अधिवेशनबाट वरिष्ठा उपाध्यक्षमा नुवाकोटका यादु कुमार गिरी, उपाध्यक्षमा क्रमशः दोलखाका सरोज केसी, भक्तपुरका रमेश गिरी, धादिङका सन्तोष अधिकारी निर्वाचित भएका छन् ।
त्यसैगरी महासचिवमा काभ्रेपलाञ्चोकका राजाराम दुलाल, सचिवमा क्रमशः रामेछापका रबि प्रताप घिसिङ, सिन्धुपाल्चोकका नवीन श्रेष्ठ, चितवनका बिजय अर्याल निर्वाचित भएका छन् । समाजको कोषाध्याक्षमा दोलखाका ज्ञानी चौहान, सह–कोषाध्यक्षमा रामेछापका बुद्ध लामा र सदस्यहरुमा काभ्रेपलाञ्चोकका सञ्जय खत्री, सिन्धुपाल्चोकका उत्तम खनाल, नुवाकोटका शुद्ध प्रसाद अधिकारी, मकवानपुरका कुश राई निर्वाचित भएका छन् ।
अन्य सदस्यहरु समाजको पहिलो बैठकले चयन गर्ने जनाएको छ । समाजको भेलालाई नेपाली राजदूत अर्जुन जङ्ग बहादुर सिंहले उद्घघाटन गरेका थिए ।