२० बैशाख, काभ्रे । काभ्रेमा विमानस्थल निर्माणको लागि प्राविधिक अध्ययन सुझाव समिति गठन गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्री रविन्द्र अधिकारीले निरिक्षण गरे लगत्तै समिति गठन गरेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक हवाई चापलाई न्यूनिकरण गरि वर्तमान अवस्थामा सुधार तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक हवाई उडानलाई स्थानान्तरण गर्न बैकल्पिक विमानस्थल निर्माणको स्थान निश्चित गर्न मन्त्रालयलय पहल गरेको छ ।

प्राविधिक अध्ययन सुझाव समिति विज्ञ तथा इन्जीनियर कमल कुमार केसीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो ।

जसमा सदस्य सविच ई नल विक्रम थापा, नेपाल नागरिक उड्ड्यान प्राधिकरण, सदस्यहरुमा ई। ध्रुवदास भोछिभोया, नेपाल नागरिक उड्ड्यान प्राधिकरण, बाबुराम पौड्याल, नेपाल नागरिक उड्ड्यान प्राधिकरण, सुवर्ण उपाध्याय, नेपाल नागरिक उड्ड्यान प्राधिकरण, सिताराम  भण्डारी , नेपाल नागरिक उड्ड्यान प्राधिकरण रहेका छन् ।

समितिलाई १५ दिन भित्रमा सुझाव पेश गर्न मन्त्रालयले निर्देशन समेत दिइएको छ ।

 

 

 

Comments

comments