अञ्जली तामाङ
२२ बैशाख, बनेपा । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले आफूहरु अनलाईन मिडियाको परिभाषा खोज्दै गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राज्यमन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।
भिडियो होर्नुहोस्
कतिपय अनलाइन मिडियाले आत्महत्या गर्न बाध्य हुनेगरी समाचार सम्प्रेशन गरेको चर्चा गर्दै राज्यमन्त्री बाँस्कोटाले यसलाई कसरी व्यवस्थित पार्न सकिन्छ भन्नेमा आफू लागिपरेको स्पष्ट पारे ।
कार्यक्रममा बाँस्कोटाले वर्तमान सरकारले प्रेस स्वतन्त्रता खोसिन्छ भन्ने हल्लाको पछि नलाग्न पत्रकारहरुलाई अनुरोध समेत गरे । ‘कुन भुत लग्यो तपाईहरुलाई थाहा छैन ।’ बाँस्कोटाले भने– ‘मिडिया माथी सेन्सारशिप लगाउने कुरा भ्रम मात्र हो ।’

भ्रममा पर्नेहरुले नै गल्ती गरेको बताउँदै उनेले भ्रामक कुरा सोच्नेहरुले आफूलाई सच्यानउ अनुरोध गरे । ‘जिउँदो मान्छे म¥यो भनेर समाचार लेख्ने पत्रकारलाई सरकारले गिरफ्तार गरेको छैन ।’ उनले भने– ‘कसरी भयो प्रेस स्वतन्त्रता माथि हनन् ।’
नेपाल सरककारले केही कानून ल्याउन लागेको स्पष्ट पार्दै राज्य मन्त्री बाँस्कोटाले कानून नियन्त्रणको लागि नभई ‘गाइड लाइन’को लागि ल्याउन लागेको बताए ।
आफ्नो कुरा लेख्न नसकेर पत्रकारहरु शोषणमा परेको उनको दावी छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आम पत्रकारहरु सही रहेको स्पष्ट पारे । ‘प्रेस सारै छाडा भयो भन्ने आरोप छ, तर यो गौण हो, आम पत्रकारहरुले समग्रमा राम्रै लेखेका छन् ।’ अध्यक्ष आचार्यले भने– ‘समाज परिवर्तनको पक्षमा निरन्तर पत्रकाराहरुले लेखेको छ । प्रेसको केही खराब पात्रहरुले प्रेसको अधिकारलाई दुरुपयोग गर्न खोजिएको छ ।’

यसैगरि महासंघका केन्द्रिय सचिव रामप्रसाद दाहालले आचारसंहिता पालना नगर्ने कोही पनि पत्रकार हुनै नसक्ने बताए ।
पत्रकारहरु पुरस्कृत
महासंघको साधारणसभामा ३ जना पत्रकारहरु परस्कृत भएका छन् । कोशिपारी पत्रकारिता पुरस्कार बाट कान्तिपुर टेलिभिजनका काभ्रे सम्वादाता रमा दाहाल र नयाँ सञ्चार दर्शनका कार्यकारी सम्पादक उजाड रक्तिम पुरस्कृत भएका छन् ।

यस पत्रकारिता पुरस्कारको संरक्षकहरु पार्वती चौलागाइ र दिलनाथ चौलागाईं हुन् । त्यसैगरि टिपि शर्मा श्रृजनाशील पत्रकारिता पुरस्कार बाट नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिना र कान्तिपुर टेलिभिजनका सम्वाददाता रमा दाहाल पुरस्कृत भएका छन् ।






















