२२ बैशाख, काठमाडौं– केही महिनाअघि माओवादी केन्द्रबाट बाहिरिएका नेता विश्वभक्त दूलाल आहुतिको नेतृत्वमा नयाँ राजनीतिक दल निर्माण हुने भएको छ । नेता आहुतिको संयोजकत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माण हुने भएको हो ।
कार्ल मार्क्सको द्धिशतवार्षिकी अवसरमा आहुति नेतृत्वको समुहले शुक्रबार एक विशेष भेलामार्फत विचारधारात्मक राजनीतिक कार्यदिशा समेत पारित गरेको छ भने पार्टी निर्माणका लागि आहुतिकै नेतृत्वमा ५१ सदस्यीय वैचारिक, राजनैतिक तथा सांगठनिक अभियान समिति समेत गठन गरेको छ ।
समितिमा माओवादी केन्द्रबाट निश्क्रिय रहेका पोलिटब्यूरो सदस्य धु्रव पराजुली सन्तोष पनि रहेका छन् भने अधिकांश सदस्यमा पूर्व माओवादी नेता–कार्यकर्ताहरु रहेका छन् ।
नामसहिततको विज्ञप्ति तल हेर्नुहोस्ः