६ मे, मलेसिया । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसिया शाखा गठन भएको छ ।
आईतबार राजधानी क्वलालाम्पुर स्थित होटल द फाईभ ईलेमेन्टको सभाहलमा भएको अघिवेशनले सुनाखरी मगरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
नव गठित समितिमा उपाध्यक्ष दिप खादि लिम्बू, सचिव आर. एन. चौधरी थारु, सह–सचिव ईसा राना, कोषाध्यक्षमा अर्पण मगर ूबुद्ध र सदस्यहरूमा पासाङ तामाङ, सविन राई, सोनम नोर्वु तामाङ, संतोष योञ्जन, बेघ आले मगर रहेका छन् । अधिवेशनले सल्लाहकारमा पत्रकार बिपेन राई र व्यवसायी दिल कुमार केरुङ सहित ११ सदस्यीय समिति चयन गरेको छ ।
अधिवेशनमा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संगठन सचिव मिलन लिम्बू, अतिथिहरु लिम्बूवान पत्रकार संघका अध्यक्ष देबेन्द्र खापुङ , गायक राजन राई रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।