दूध लामा

२४ बैशाख, दक्षिण करिया । नेपाल तामाङ संघ दक्षिण कोरियाको आइतबार सम्पन्न नवौं अधिवेशनले मेघ प्रसाद वाइबालाई अध्यक्ष पदमा निर्वािचत गरेको छ ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रवि लामा, उपाध्यक्षहरुमा बुद्ध लामा, स्नेह लामा, सरीता लोप्चान, प्रवक्तामा राजीव घिसिङ, महासचिवमा गोकुल थोकर, सचिवहरुमा अमिर योञ्जन, दुध बहादुर लामा, कमला तामाङ, फूर्वा तामाङ, कोषाध्यक्षमा मनोज वाईबा, सह–कोषाध्यक्षमा युनिक दोङ, सदस्यहरुमा सुरेश थोकर, प्रेम दोङ, क्षेत्र तामाङ, भरत बोम्जन रहेका छन् ।

अन्य सदस्यहरु संघको पहिलो बैठकले चयन गर्ने जनाएको छ । संघको अधिवेशनलाई नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष मल्लिका थकालीले उद्घाटन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।