२४ बैशाख, इजरायल । संघीय समाजवादी फोरम, नेपालका भातृ संगठन नेपाली संघीय समाज (नेफेसो)इजरायलले आफ्नो पाँचौं स्थापना दिवस मनाइदै छ ।

कार्यक्रम आगामी १५ जुन शुक्रबारका दिन हुने तेमाल अनलाईनलाई आयोजकले जानकारी दिएका छन् ।

‘संविधान संशोधन, पहिचान र समान्तर अधिकारका लागी श्रमजीवी वर्ग एवं उत्पीडित समुदायहरु एक जुट हौं ।’ मूल नाराका साथ स्थापना दिवस मनाउन लागेको अध्यक्ष सुन्दर योञ्जन तामाङले जानकारी दिएका छन् ।

योञ्जनले इजरायलमा रहेका सम्पूर्ण श्रमजीवि, नेपाली दिदीबहिनी, दाजुभाईहरु, राजनीतिक, सामाजिक, धार्मिक, साहित्यिक, कलाकार, विधार्थी, बुद्धिजिवी, समाजसेवी साथै सम्पूर्ण अनलाईन मिडियाका संचारकर्मीलाई उपस्थितिको लागि अनुरोध समेत गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।