२५ वैशाख, काठमाडौं । नेपाल प्रहरीका १६ जना एसएसपी डिआईजीमा बढुवा भएका छन् । बढुवा समितिको सोमबारको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा सूचीमा केदार रिजाल पहिलो नम्बरमा छन् । शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य लगायत बढुवा भएका छन् ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।