बुद्ध प्रतिमा स्थापना अनावरण कार्यक्रम मे २० मा
दुध लोप्चन
मे 9, 2018
दक्षिण कोरिया । हरेक बर्ष झैं यस बर्ष पनि आउदो मे १२ तारिख २५६२ औं बुद्ध जयन्तीको अवसरमा दक्षिण कोरियामा लाखौंको जनसहभागितामा मनाउन गईरहेको अन्तर्राष्ट्रिय शान्ति पद यात्रा (र्याली) हुने भएको छ ।
पदयात्रा नेपाल बौद्ध परिवारको संयोजन तथा नेपाल बुद्ध प्रतिमा स्थापना अभियान–२०१८ को सह–संयोजनमा हुने भएको हो ।
सम्पूर्ण नेपाली जनसमुदायहरूको प्रतिनिधित्व गर्दै आफ्नो देशको मौलिक, धार्मिक एवं साँस्कृतिक पहिचान झल्काउदै सहभागिता जनाउने निर्णय अनुसार कोरियामा रहेका सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, बुद्धिजिबी, पत्रकार, ब्यवसायी, सामाजसेवी, बिद्यार्थी र नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थित भईदिनु हुनका लागि नेपाल बौद्ध परिवार र बुद्ध प्रतिमा स्थापना अभियान सचिवालयले अनुरोध समेत गरेको छ ।
र्यालीमा बुद्ध प्रतिमा स्थापना अभियानले कोरियाको पर्यटकीय गुम्बा वाउछङ्सा गुम्बामा प्रतिस्थापना गरिने नेपालबाट ल्याईएका भगवान बुद्धका प्रतिमा र बौद्ध नाथको स्तुपा सहित प्रदर्शन एवं परिक्रमा गराउने योजना रहेको नेपाल बौद्ध परिवारको महासचिब प्रितम गुरूङले बताए ।
नेपाली सम्पर्क समिति कोरियाको संयोजन तथा नेपाल बौद्ध परिवारको सहकार्यमा गठित नेपाल बुद्ध प्रतिमा स्थापना अभियानले पनि आउदो मे २० तारिख आयोजना गर्न गैरहेको बुद्ध प्रतिमा (मूर्ति) अनावरण एवं बिधिवत उद्घाटन समारोहमा राष्ट्रिय पोषाक वा आफ्नो जातीय पोषाक तथा विभिन्न साँस्कृतिक झाँकीहरू सहित भब्य रूपमा सहभागिता जनाई सहयोग गरिदिनु हुन अभियानका संयोजक अन्जु केसीले अनुरोध गरेकी छिन् ।
लोटस् ल्यान्टर्न फेस्टिभल मूल आयोजक कमिटीले जारी गरेको केही नियमहरूः
१) र्यालीमा राष्ट्रिय पोषाक वा आफ्नो देशको विविध संस्कृति झल्किने विभिन्न जातीय भेषभुषा एवं झाँकीहरू सहित सहभागीतालई बिशेष प्राथमिकता दिईने छ ।
२) कुनै पनि संघ, संस्था वा संगठनहरूको नाम वा लोगो अंकित युनिफर्म, चोक्की र टिसर्टहरूको प्रयोग गर्न पाईने छैन ।
३) कुनै पनि अन्य संघ–संस्था वा संगठनहरूको ब्याच, स्वयंसेवक, झण्डा र ब्यानरहरूलाई निषेध गरिएको छ ।
४) र्यालीमा नेपालको राष्ट्रिय झण्डा, बिश्व शान्तिको झण्डा र नेपाल बौद्ध परिवार अन्तर्गत अंग्रेजीमा र कोरियनमा “नेपाल बुद्धिजम्” भन्ने शब्द लेखिएको झण्डा हुनेछ ।
५) कुनै पनि मूल्यवान वस्तुहरूको आर्थिक कारोबार गर्न वा सहयोग संकलनका लागि डोनेशन बक्स प्रयोग गर्न पाईने छैन ।
६) र्याली क्रमबद्ध रूपमा लाईन मिलाएर अनुशासित तरिकाले अगाडि बढाउनु पर्नेछ ।
७) मे १३ तारिख आईतबारका दिन हुने बौद्ध सम्बन्धि प्रदर्शनी मेलामा राखिने स्टलहरूमा सकेसम्म आफ्नो देशको चिनारी वा पहिचान झल्किने खालको वस्तुहरूले सजिसजावट गर्नु पर्नेछ ।
कार्यक्रम सम्बन्धि जानकारी
(क) अन्तराष्ट्रिय शान्ति पद यात्रा–र्याली
मितिः २०१८ मे १२ तारिख शनिबार
समयः साँझ ४ बजे उद्घाटन समारोह, र्याली प्रस्थान (साँझ ६ बजे (साँझ–७ बजे दोङदेमुन हिस्ट्री एण्ड कल्चर पार्क (डोट्टा अगाडि बाट र्यालीमा सहभागी हुन सकिने छ ।
स्थानः दोंगुक देहाक्यो (युनिर्भसिटी)को प्राङ्गणमा (सउल मेट्रो लाईन न.ं ३, दोङदेईब्गु (दोंगुक युनिर्भसिटी) स्टेसन,
(ख) बौद्ध सम्बन्धि प्रदर्शनी मेलाः
मितिः २०१८ मे १३ तारिख आईतबार
समयः बिहान ९ बजे देखि साँझ ७ बजे सम्म,
स्थानः झोगेसा गुम्बा अगाडि (सउल मेट्रो लाईन न– १ जोंगाक स्टेशन, गेट नं. २)
(ग) बुद्ध प्रतिमा (मूर्ति) अनावरण एवं प्रतिस्थपना उद्घाटन समारोहः
मितिः २०१८ मे २० तारिख आइतबार
समयः बिहान १० बजे देखि मध्यन्ह १२ सम्म (पूजा–पाठ, प्रार्थना, कोरियन तथा नेपाली लामा गुरु ज्यूहरूबाट)
क. प्रतिमा (मुर्ति) प्रतिमा स्थापना तथा अनावरण
समयः दिनको १ बजे, (लगत्तै खानाको समय शुरू)
ख. बिधिवत औपचारिक कार्यक्रम तथा उद्घाटन मुल समारोह
समयः दिनको ठिक १ः३० बजे देखि ४ बजे सम्म
ग. विविध मनोरञ्जनात्मक कार्यक्रम (नौमति बाजा सहित) दिनको ४ बजे देखि साँझ ५ः३० सम्म
घ. वाउछङ्सा गुम्बा प्राङ्गणबाट फर्किने गन्तव्य प्रस्थान
समयः साँझ ठिक ६ बजे
स्थानः वाउछङ्सा गुम्बा परिसर योङ्ईन
जाने तरिकाः सउल स्टेसन, गेट नं. (९–१) बाट बाहिरिएपछि बस नं ५००५ मा चढेर योङईन टर्मिनलमा झर्ने । त्यहाँबाट वाउछङ्सा गुम्बासम्म जाने मिनी बसको व्यवस्था गरिएको छ ।
(ङ) दोङ्देमुनबाट वाउछङ्सा गुम्बा सम्म जानका लागि निःशुल्क २ वटा बसको व्यवस्था गरिएको छ ।
समयः बिहान ठिक १० बजे र ११ बजे ।
(बस व्यवस्थापन (श्री भक्त शेरचन (सम्पर्क नं–०१०२६७२९५७६)
(च) योङ्ईन बस टर्मिनलबाट वाउछङ्सा गुम्बा सम्म जानका लागि एउटा लोकल मिनी बसको व्यवस्था गरिएको छ ।
समयः बिहान ठिक ११ बजे(बस व्यवस्थापनः श्री डम्बर सुब्बा– सम्पर्क नं. ०१०८९०६७६६४)
नोटः दोङ्देमुनबाट बसमा जान चहानेहरूले आफ्नो सिट सुरक्षितका लागि वा बसमा जानेहरूको सङ्ख्या अनुसार बसको थप–घट व्यवस्था गर्नुपर्ने भएकोले छिटोभन्दा छिटो सम्पर्क गरि आफ्नो नाम टिपाउनु होला ।
धन्यबाद ।
अन्जु केसि संयोजक बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय, पेम्बा दोङ्बा ह्योल्मो (अध्यक्ष) नेपाल बौद्ध परिवार
























