अनिस तामाङ
३० बैशाख २०७५
युएई । शान्तिको अग्रदूत महामानब गौतम बुद्धको २५६२ औं जन्म जयन्ती युएईमा रहेका नेपालाीहरुले भव्यताका साथ मनाएका छन् ।

जन्म जयन्ती नेपाल आदिबासी जनजाति महासंघ युएई लगायत ४४ वटा क्रियाशील संघसंस्थाहरुको संयुक्त आयोजनामा युएईको दुबई शहर स्थिति डलस्को हलमा मनाएको हो ।

कार्यक्रमको सभापति नेपाल आदिबासी जनजाति महासंघ युएईको अध्यक्ष पासाङ शेर्पा रहेका थिए भने प्रमुख अतिथिमा नेपाल बिजनेस काउन्सिलको अध्यक्ष डा। आसिफ अलि रहेका थिए । त्यस्तै गरि विशेषअतिथि तथा अतिथिहरुमा पुर्व भुतपुर्व भुमिसुधार राज्यमन्त्री यशोदा तामाङ, आसा फान्डेसनका अध्यक्ष आसा लामा ,कार्यक्रम संयोजक डेरराज तमु, नेपाली समाज युएईको अध्यक्ष सिपि सापकोटा, एनआरएन युएईको अध्यक्ष रमेश श्रेष्ठ,नेपाल आदिबासी जनजाति महासंघ युएईको बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, तामाङ समाज युएईको अध्यक्ष महेश मोक्तान, काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामा लगायत विभिन्न जिल्ला, जातिय तथा सामजिक संघसंस्थाका प्रमुखहरु उपस्थित रहेको थियो ।

कार्यक्रमको उद्घाटन सभापति, प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले संयुक्तरूपमा दीप प्रज्वालन गर्दै राष्ट्रियगान गाएर सुरु गरेको थियो । दर्शकहरुले बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा लामा गुरुहरुले शान्तिको लागि मन्त्रबाचन तथा बुद्ध पुजापाठ गरेको थियो साथै उपस्थिति दर्शकहरुलाई समेत बुद्ध पुजा गर्ने व्यवस्था गरेका थिए ।

कार्यक्रममा भुतपुर्व भुमिसुधार राज्यमन्त्री यशोदा लामा, एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा, कार्यक्रम संयोजक डेरराज तमु , आयोजकको तर्फबाट हरि प्रसाद चापागाई लगायतले शुभकामना मनतव्य रखेका थिए ।

त्यसैगरि कार्यक्रमको सभापति एवं नेपाल आदिबासी जनजाति महासंघ युएईको अध्यक्ष पासाङ शेर्पाले संयुक्तरूपमा मनाउदै गरेको बुद्ध जयन्ती कार्यक्रमले समुदायलाई एकताको सन्देस दिएको र अब बुद्ध जयन्ती नेपाली दूतावासले मनाउदा अझै प्रभावकारी हुने भएकाले राज्यकोषबाट खर्च गरेर मानउनु पर्नेमा जोड दिए ।

औपचारिक कार्यक्रम पछि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सत्याकृत ब्यान्डका कलाकारहरुले बुद्ध भजन, गणेश भजन लगायत अध्यात्मिक प्रस्तुतिहरू गरेर सांगीतिक कोसेली पस्काएका थिए । त्यसैगरी प्रगतिशील कलाकार संघ युएई, सर्लाही सेवा समाज, नेपाल कलाकार समाज युएई , लगायतका जातिय संघसंस्थाहरुले विभिन्न गीत संगीत, नृत्य हाँस्यव्यङ्ग्या तथा जातिय पहिचान झल्किने मौलिक प्रस्तुतिहरु दिएर दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए भने कार्यक्रमको विजयलक्ष्मी राई र रमेश छितिजले सञ्चालन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।