३१ वैशाख, २०७५

रामेछाप । आज (सोमबार) परेको बर्षाका कारण मन्थलीमा रहेको रणजोर खोलामा आएको बाढीले परिक्षा दिन गएका तीन विद्यार्थीहरुलाई बगाएको छ ।

खोलाले बगाएका तीन विद्यार्थीको सदरमुकाम मन्थलीस्थित सामुदायि अस्पतालमा उपचार भइरहेको छ । आज बिहान ६ बजे मन्थलीबाट परीक्षा दिन हिडेका विद्यार्थीहरुलाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो । बगाएका मध्ये एक जना वेपत्ता भएका छन् । बाँकीको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका इनेक्सपेक्टर राजेन्द्र थापाले रामेछाप न्युजसँग भने,‘खोला तर्ने क्रममा एक्कसी रणजोर खोलामा बाढी आउदा परीक्षा दिन हिडेका विद्यार्थीलाई बगाएको थियो ।’

बिहानको समय भएकाले समयमा नै उदार गर्न सफल भएको बताउदै उनले कोशिस गर्दागर्दै पनि नजिकै तामाकोसी पनि बाढी आएकाले एक विद्यार्थीलाई बचाउन सकिएन ।’ घाइते हुनेहरुमा १७ बर्षिय मनिषा पाण्डे, १७ बर्षिय जानुका बुढाथोकी र १८ बर्षिय निशा साह रहेकी छिन् । घाइते मध्ये जानुका बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको थापाले जानकारी दिउ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।